सशस्त्र प्रहरी बलको ईतिहास - History Of Armed Police Force Nepal

सशस्त्र प्रहरी बल (Armed Police Force) विधेयक (सन् २००१) र सशस्त्र प्रहरी बल ऐन (सन् २००२) का माध्यमबाट सशस्त्र प्रहरी बल स्थापना गरिएको हो । सशस्त्र प्रहरी बलको उद्देश्य शान्ति, कानुन तथा सुव्यवस्था कायम गर्नु तथा नागरिकहरूको जीवन, सम्पत्ति र स्वतन्त्रताको संरक्षण गर्नु हो । सशस्त्र प्रहरी बलको स्थापना प्रारम्भिक रूपमा नेपाल सेनाबाट १२० जना र नेपाल प्रहरीबाट करिब दश हजार जनाको सरुवा गरी गरिएको थियो । यस प्रारम्भिक भर्तीयता अहिले सशस्त्र प्रहरी बलको क्षमता निकै बढिसकेको छ ।

सशस्त्र प्रहरी बलको संरचना सशस्त्र प्रहरी बलको नेतृत्व प्रहरी महानिरीक्षक तथा अतिरिक्त प्रहरी महानिरीक्षक र प्रहरी नायब महानिरीक्षकलगायतका वरिष्ठ अधिकारीहरूबाट गरिएको छ । यस निकाय मातहत विभिन्न बिग्रेडका साथै सीमा क्षेत्र तथा महत्वपूर्ण क्षेत्र नजिकै स्थायी तथा अस्थायी आधार शिविरहरू पनि छन् । सशस्त्र प्रहरी बलको स्थापना प्रारम्भिक रूपमा अल्पकालीन राजनीतिक लक्ष्य हासिल गर्न, विशेषगरी माओवादी विद्रोहीविरुद्ध लड्नमा सघाउ पुर्याउने उद्देश्यले गरिएको भए पनि यसको भूमिका विस्तार हुँदै गएको छ ।

सशस्त्र प्रहरी बल ऐनको दफा ६ अनुसार नेपाल सरकारले सशस्त्र प्रहरी बललाई कानुन तथा सुव्यवस्था, शान्ति तथा सुरक्षा कायम गर्न, विद्रोह, पृथकतावादी गतिविधि, आतंकवाद तथा सशस्त्र विद्रोहको सामना गर्न, भीड तथा दंगा नियन्त्रण गर्न; प्राकृतिक प्रकोप व्यवस्थापनमा सहयोग पुर्याउन; एवं सीमा सुरक्षालगायतका बहुआयामिक कामहरूमा परिचालन गर्न सक्छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.