Nepal Telecom का ग्राहकले थाहा पाउनुपर्ने USSD Code हरू


Nepal Telecom का ग्राहकले Balance Check गर्दा *400# डायल गर्छन् । तर, यसलाई के भनिन्छ भन्ने विषयमा भने सबैलाई जानकारी नहुन सक्छ । त्यस्तो Code लाई USSD Code अर्थात क्विक कोड अथवा फिचर कोड पनि भनिन्छ ।

यस्ता कोडको प्रयोग गरी टेलिकमका धेरै सेवा लिन सकिन्छ । जसको बारेमा हामीलाई थाहा नहुन पनि सक्छ । त्यसैले यहाँ हामी तपाईंहरुलाई युएसएसडी कोडमार्फत नेपाल टेलिकममा लिन सकिने सेवाको बारेमा जानकारी गराउँदै छौं ।

जसमा ब्यालेन्सको जानकारी लिने त एउटा भइहाल्यो । फोरजी एक्टिभेसन, प्याकेज सब्सक्रिप्सन, जीएसएम मोबाइल रिचार्ज, ब्यालेन्स ट्रान्सफर, मिस्कल अलर्ट, कल रिङब्याक टोन लगायतका छन् । उक्त सेवा कसरी लिने त ?

Mobile Balance Check गर्न : *400# तपाईंले आफ्नो मोबाइलमा रहेको ब्यालेन्स बारे जानकारी लिन सक्नुहुनेछ ।

4G Activation : *444# डायल गरी तपाईंले आफ्नो सिमकार्डलाई फोरजीमा परिवर्तन गर्न सक्नुहुनेछ । यदि तपाईंको सिममकार्ड फोरजीको लागि उपयुक्त छैन भने त्यसले उक्त जानकारी पनि दिनेछ । त्यस्तो भएको खण्डमा भने सिमकार्ड परिवर्तन गर्नुपर्ने हुन्छ । त्यसका लागि तपाईंले कम्पनीको कार्यलयमा जानु पर्ने हुन्छ ।

Nepal Telecome Package Subscription : *1415# यो डायल गरी तपाईंले टेलिकमले उपलब्ध गराउँदै आएको विभिन्न प्याक खरिद गर्न सकिन्छ ।

GSM Mobile Recharge : *412*पिन नम्बर# डायल गरी तपाईंले मोबाइल रिचार्ज गर्न सक्नु हुन्छ ।

Balance Transfer (Prepaid) : *422*सेक्युरीटी कोड*मोबाइल नम्बर*अमाउण्ट# डायल गरी तपाईंले कसैलाई पैसा पठाउन सक्नु हुनेछ ।

Miss Call Alert Service : *1400# यो डायल गरी याे सेवा लिन सकिन्छ । यसबाट कसैले तपाईंलाई फोन ट्राइ गरेको खण्डमा जानकारी दिने काम गर्छ ।

Call Ring Back Tone (CRBT) : *1455# डायल गरी तपाईंले कल रिङब्याक टोन एक्टिभ गर्न सक्नु हुनेछ ।
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.