९ महिनामै दोब्बरले बढ्यो NCELL को Data खपत

निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको डेटा खपत ९ महिनामै दोब्बरले बढेको छ । डेटाको पहुँच र सस्तिदो मूल्यका कारण मोबाइल डेटाको प्रयोग उल्लेख्य रुपमा बढेको हो ।

एनसेलको प्यारेन्ट कम्पनीले जारी गरेको सन् २०२० को तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार एनसेलका प्रयोगकर्ताको मासिक औषत डेटा प्रयोग २,३१२ एमबी पुगेको छ । जब कि सन् २०१९ को अन्त्यसम्म मासिक रुपमा औषत एक जना प्रयोगकर्ताको डेटा खपत ११४२ एमबी मात्र रहेको थियो ।

त्यसो त यस अवधिमा स्मार्टफोनको प्रयोग समेत बृद्धि भएको छ । यस वर्षको सुरुवातमा कूल मोबाइल प्रयोगकर्तामा ६२ प्रतिशत स्मार्टफोनको प्रयोग हुने गरेकोमा हाल उक्त संख्या बढेर ६४ प्रतिशत पुगेको छ । यसैगरी कम्पनीको फोरजी सेवाको पहुँच समेत फराकिलो बन्दै गएको छ ।

एनसेलले फोरजीका लागि १४२ वटा बीटीएस थप गर्दै तीन हजार ३२६ पुर्‍याएको छ भने थ्रीजी टावरको संख्या तीन हजार २२१ पुगेको छ । हाल एनसेलका कूल एक करोड ५३ लाख ३१ हजार ८९० ग्राहक मध्ये ६५ लाख आठ हजार ७४३ प्रयोगकर्ताले मोबाइल डेटा प्रयोग गर्दै आएका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.