सामसङ र एप्पलका करोडौं प्रयोगकर्ताले ५ हजार क्षतिपुर्ति प्राप्त गर्न सक्ने


पछिल्लो ६ वर्षमा सामसङ र एप्पलका मोबाइल खरिद गर्ने २ करोड ९० लाख भन्दा बढी प्रयोगकर्ता क्षतिपुर्तिका लागि हकदार भएकाे एक अध्ययनले देखाएको छ ।

अध्ययनका अनुसार टेक कम्पनी क्वालकमका कारण ग्राहकले मूल्य चुकाउनु परेकाे छ । जसले गर्दा ग्राहकले कुल ४८२ मिलियन पाउण्ड स्टिर्लिङ अर्थात ७८ अर्ब भन्दा प्राप्त गर्नुपर्ने देखिन्छ ।

यो विषयमा युकेको अपभोक्ता समुहले उपभोक्ता अधिकार सम्बन्धी कानूनलाई आधार मानेर क्वालकम विरुद्ध मुद्धा नै दायर गरेकाे छ । क्वालकमले स्वस्थ्य प्रतिसपर्धाको कानुन उल्लंघन गर्दा ग्राहकले उच्च मुल्य तिर्नु परिरहको उनीहरुले बताएका छन् ।

उनीहरुले भनेको छन, ‘चिपसेटको प्याटेन्टमा रहेको क्वालकमको अधिपत्यताका कारण मोबाइल निमार्ता कम्पनी एप्पल र सामसङ जस्ता कम्पनीले चिप प्रयोग गरेबापत ठुलो शुल्क बुझाउने गरेका छन् । जसको परिणाम कम्पनीहरुले उक्त शुल्क उठाउन ग्राहकसँग महंगोमा स्मार्टफोन बिक्रि गरिरहेका छन् ।’

त्यसैले उक्त समुहले सन् २०१५ अक्टोबर १ देखी हालसम्म भएको क्षतिपुर्ति कम्पनीले व्यहोर्नुपर्ने बताएका छन् । जसकाे फाइदा सन् २०१५ अक्टोबर देखी हालसम्म आईफोन र सामसङ मोबाइल खरिद गर्ने सम्पूर्ण ग्राहकले पाउने उल्लेख छ ।

यदी अदालतले उक्त मुद्धाको पक्षमा निर्णय गरेको खण्डमा ग्राहकले मोबाइलको मोडलका आधारमा ५ देखी ३० पाउण्ड स्टर्लिङसम्म क्षति रकम प्राप्त गर्नछन् । औसतमा धेरै जसो प्रयोगकर्ताले १७ पाउण्ड स्टर्लिङ प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ ।
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.