लाखौं भीपीएन प्रयोगकर्ताकाे डेटा अनलाइनमा लिक


तीनवटा लोकप्रिय एन्ड्रोइड
भीपीएनका लाखाैं प्रयाेगकर्ताकाे डेटा ह्याक भएकाे छ । ह्याक भएकाे डेटा हाल बिक्रीका लागि अनलाइनमा राखिएको छ ।

सुपर भीपीएन, गेक्यो भीपीएन र च्याट भीपीएनका करिब दुई करोड १० लाख युजर रेकर्डहरु लिक भएका हुन् । याे ह्याकमा प्रयोगकर्ताहरुको अथेन्टिकेसन क्रेडेन्शियल लगायत विभिन्न संवेदनशील तथ्याङ्क बाहिरिएकाे छ ।

लिक भएकाे डेटामा प्रयाेगकर्ताकाे ईमेल एड्रेस, भुक्तानी सम्बन्धी डेटा तथा प्रिमियम अकाउन्टको एक्सपाइरी डेटा लगायत छन् ।

खबर अनुसार ह्याकरहरुले सम्भावित क्रेताहरुका लागि डेटा शर्टिङ (बुझिने तरिकाले डेटालाई मिलाएर राख्ने काम) पनि गरिदिएका छन् ।

उक्त लिक डेटाबेसमा प्रयोगकर्ताको डिभाइसबारे जानकारीहरु पनि सार्वजनिक भएका छन् । यी जानकारीहरु म्यान इन द मिडल अर्थात् ‘एमआइटीएम अट्याक’ लन्च हुन प्रयोग हुने अनुसन्धानकर्ताहरुको तर्क छ ।

तर यी तिनै कम्पनीहरुले डेटाबेस लिकब भएकाे समाचारलाई हालसम्म आधिकारिक रुपमा पुष्टि गरेका छैनन् ।
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.